सहिद नरनाथ-अजुद्दकुमारी जमरकट्टेल जेहन्दार छात्रवृत्ति स्थापना गरिने



खगिन्द्र बास्तोला

सोलुखुम्बु, ४ भाद्र।सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्द्बकुमार शर्माले आफ्ना मातापिताका नाममा छात्रवृत्ति स्थापना गर्न जम्मरकटेल सेवा प्रतिस्ठान नेपाल नेचासल्यानलाई कोष खडा गर्न १ लाख ५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन।

कोषका लागि प्राप्त सो रकम मध्ये १ लाख रुपैयाँ मुद्दती खातामा राख्ने र ५ हजारले बचत खाता खोली त्यसबाट बार्षिक रूपमा प्राप्त ब्याजको ८० प्रतिशत रकमबाट ४०/४० प्रतिशत रकम नेचासल्यान गाउँपालिका भित्रका माद्यामिक विद्यालय मध्यबाट एसइइ परीक्षामा
उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद जमरकट्टेलले जानकारी दिए।

जमरकट्टेलका अनुसार छात्रवृत्तिको नाम सहिद नरनाथ -अजुद्दाकुमारी जमरकट्टेल स्मृति जेहन्दार छात्रवृत्ति राख्ने र कोषको ब्याजबाट प्राप्त ब्याजको २० प्रतिशत रकम मुद्दती खातामा जम्मा गर्दै जाने सहमति समेत चन्दादाता शर्मा र प्रतिष्ठानबीच भएको छ।नगद छात्रबृत्तिका साथमा छात्रवृत्तिको नाम उल्लेख प्रमाणपत्र र मेडल प्रतिष्ठानले तयार गरि बितरण गर्नुपर्ने र अक्षयकोषको रकम कहिल्यै खर्च गर्न नपाइने सम्झौतामा उल्लेख छ।

सम्झौतामा उल्लेख भए अनुसार खाता सन्चालनका लागि चन्दादाता शर्मा अध्यक्ष, उनले तोकेको एकजना सदस्य र प्रतिस्ठानका सदस्य सचिब पदेन सदस्य रहने गरि अक्षयकोष संचालक समिति गठन गर्ने र बैक खाता दुबैपक्षको हस्ताक्षरमा खोलिने छ।सम्झौतापत्रमा चन्दादाता शर्मा र प्रतिष्ठानका अध्यक्ष जमरकट्टेलले हस्ताक्षर गरेका छन।

प्रतिक्रिया दिनुहोस्