भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरु काठमाडौंमा
डिल्ली शर्मा,काठमाडौं।भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरु मंगलबार काठमाडौं आईपुगेका छन्।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाली सेनाको निमन्त्रणामा नेपाली सेनाका पूर्ब मानार्थ महारथी रहिसकेका उनीहरू काठमाडौं आईपुगेका हुन्।
विभिन्न ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रमसहित काठमाडौं आईपुगेका स्थल सेनाध्यक्षहरुमा जनरल जोगिन्दर जसवन्त सिंह(अ.प्रा.),जनरल दीपक कपुर (अ.प्रा.),जनरल डा.विजय कुमार सिंह(अ.प्रा.),जनरल दलवीर सिंह सुहाग(अ.प्रा.),जनरल (डा.) मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) छन्।

