श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन बैंककस्थित नेपाली दूतावासको आग्रह



काठमाडौं । नेपाली दूतावास बैंककले सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन पुनः अनुरोध गरेको छ ।

कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेको र उनीहरूको उद्धारका लागि कठिनाइ भइरहेको भन्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो ।

अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो ।

दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैलाई पुनःअनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस्