प्रधान सेनापतिसंग युवा आदान प्रदान कार्यक्रममा सहभागि प्रतिनिधिमण्डलको शिष्टाचार भेट
डिल्ली शर्मा,काठमाडाै।प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारत,भुटान र माल्दिभ्सका National Cadet Corps (NCC) का प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेका छन् ।

महाशिवरात्री एवं नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सेवा दलद्वारा आयोजना हुने युवा आदान प्रदान कार्यक्रममा सहभागी हुन उक्त टोली नेपाल भ्रमणमा आएको हाे।
भ्रमणको दौरान सो टोलीले राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्रीकेपी ओली तथा रक्षामन्त्री मानबीर राईसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उक्त टोलीले मिति २०८१ फाल्गुण १४ गते सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुने सेना दिवसको विशेष कार्यक्रम तथा फाल्गुण १८ गते राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजको अवलोकन गर्नेछ ।
त्यसै गरी,भ्रमण टोलीले विभिन्न ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

