बीबीसीका विराटनगर सम्वाददाता निरौलालाई झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने



बिराटनगर। नारदमुनि–पवित्रादेवी लुइटेल स्मृति कोष ग्रामथान–२, झोराहाट मोरङबाट स्थापित झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङ पूर्व अध्यक्ष,बीबीसीका विराटनगर सम्वाददाता,एवम् उद्‌घोष दैनिकका कार्यकारी सम्पादक विक्रम निरौलालाई दिने घोषणा गरिएको छ ।

कोषको शुक्रबार बसेको बैठकले निरौलालाई सो पुरस्कार दिने घोषणा गरेको हो ।११ हजार एक सय ११ नगद राशिको सो पुरस्कार यही फागुन २७ गते मंगलबार एक समारोहबीच वितरण गरिने सो कोषका संरक्षक पत्रकार शंकर लुइटेलले जानकारी दिए ।

मोरङ कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गर्दै आएका मध्येबाट छनोट गरी प्रत्येक वर्ष एक जनालाई सो पुरस्कार वितरण हुँदै आएको छ । वि.सं २०७८ बाट वितरण गर्न सुरु गरिएको सो पुरस्कारबाट पत्रकार अभय राई, विनोद सुवेदी र सुशीला पाठक पुरस्कृत भइसकेका छन् ।

यसैगरी सोही समारोहमा छत्रपति लुइँटेल स्मृति सेवानिवृत्र् शिक्षक सम्मानबाट शिव अधिकारी र नारायण न्यौपानेलाई सम्मानित गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्