भ्रष्टाचारबिरुद्ध राष्ट्रिय मातृभुमि पार्टीले ‘मातृभूमि जागरण तथा झाडु-कुचो’ अभियान



काठमाडौं।राष्ट्रिय मातृभूमि पार्टीले भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत मातृभूमि जागरण तथा झाडुकुचो कार्यक्रम घोषणा गरेको छ।

आफ्नो प्रथम स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी यहि फागुन १० गते देखि २५ गतेसम्म देशमा मौलाएको भ्रष्टाचारबिरुद्ध सांकेतिक बिरोध स्वरुप झाडु-कुचो देशका विभिन्न जिल्लामा झाडु-कुचो अभियान सञ्चालन गर्ने जनाएको हो।

देशमा मौलाउँदै गएको हुदा भ्रष्टाचारबिरुद्ध राष्ट्रिय मातृभूमि पार्टी हदैसम्म लाग्ने र त्यसमा सम्पुर्ण देश प्रेमी युवाहरुलाइ साथ दिन राष्ट्रिय मातृभुमि पार्टीका अध्यक्ष रामशरण पाण्डेले अनुरोध गर्नु भयो।स्थानीय तहमा सबै भन्दा बढी भ्रष्टाचार हुने गरेको पाइएको बताउँदै उनले स्थानीय सरकारमाथि निगरानी गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

वहाँले राष्ट्रिय उद्योगहरु सन्चालनका लागि दबाब दिने उद्देश्यले प्रधानमन्त्रीलाइ गोरखकाली रबर उद्योगको स्थलगत प्रतिबेदन हस्तान्तरण लगायत मुलुकको सीमा सुरक्षा,शान्ति सुरक्षाका लागि इपिजि प्रतिबेदनलाई तार्किक निष्कर्ष पुर्‍याउन दबाब दिने उद्देश्यले फागुन २१ गते ज्ञापनपत्र बुझाउने अध्यक्ष पाण्डेले जानकारी दिनु भयो।

कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा ठगी बढ्नुमा स्वयं सरकार नै दोषि रहेको बताएका छन् भने भारतमा घटेको प्रकृति लम्साल घटनामा न्यायको लागि सरकारले पहल नगरेको भन्दै सरकारको घोर भर्त्सना समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्