‘नो केवलकार समूह’ र प्रहरीबीच ताप्लेजुङमा झडप,११ प्रहरी र १ आन्दोलनकारी घाइते
काठमाडौँ।पाथीभरामा केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि झडप भएको छ । झडपमा प्रहरीका ११ जना र प्रदर्शनकारीतर्फ एकजनासहित १२ जना घाइते भएका छन् ।

बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केवलकार निर्माणस्थलतर्फ जाँदै गरेको’नो केवलकार समूह’लाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।आन्दोलनकारीहरूले जबरजस्ती अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्यो। सोही क्रममा दुवै पक्षबिच ठेलमठेल हुँदा झडपको अवस्था सिर्जना भएको हो।झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन अश्रुग्यास पनि प्रहार भएको थियो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गर्नुपरेको थियो। प्रदर्शनकारीहरू झन् आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोगगरेको हो।

