कार्यबाहक अध्यक्ष नियुक्ति नियम बिपरित भएको भन्दै रिट दायर



काठमाडौं- दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष बनाउने सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल बोर्डले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। आइतबार मन्त्रिस्तरीय निर्णयबाट भण्डारी काउन्सिल सदस्य नियुक्त भएकी थिइन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबहाक अध्यक्ष बनाउने निर्णय गरेको थियो। यता काउन्सिल बोर्डले कार्यबाहक अध्यक्ष तोक्ने अधिकार आफ्नो मात्र भएको जिकिर गर्दै सरकारले क्षेत्राधिकार मिचेको दावीसहित सर्वोच्चमा पुगेको हो।

तत्कालीन अध्यक्ष भवानी बरालले जिम्मेवारी सम्हालेको दुई महिनापछि सर्वोच्च अदालतले उनलाई काम नगर्न आदेश दिएपछि सर्वोंच्च अदालत कार्यबाहक अध्यक्षका भरमा चल्दै आएको छ। बोर्डले तत्कालिन सदस्य किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्