सोतोकान कराते संघका खेलाडी भोलि भारत जाँदै
काठमाडौं । नेपाल सोतोकान कराते संघका खेलाडी तथा रेफ्री महिला र पुरुष गरि ३२ जान कराते खेलाडी बिहिवार भारत प्रस्थान गर्ने भएका छन्।

कलकत्तामा आयोजना हुने ३३औ इन्टरनेसनल कराते ओपन च्याम्पियनसीपमा भाग लिन उनीहरू भोलि त्यसतर्फ प्रस्थान गर्न लागेकोनेपाल सोतोकान कराते संघका अध्यक्ष तथा प्रमखु प्रशिक्षक श्याम शेर्पाले बताए ।
कराते खेलको माध्यमबाट नेपालको शीर उच्च राख्ने संकल्प सहित प्रतियोगितामा सहभागी खेलाडी तथा रेफ्रीहरुलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग नेपाल कराते संघका पदाधिकारी प्रशिक्षक तथा खेलाडीहरुले शुभकामना दिदै राष्ट्रिय खेलकुद परिसरबाट बिदाई कार्यक्रम गरिएको छ ।

