साई स्वागत सहकारी ठगी प्रकरणमा पूर्ब अध्यक्ष जंगम पक्राउ



काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ परेका छन् ।

उनी उक्त सहकारीमा पूर्वअध्यक्ष हुन् भने रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेल उक्त सहकारीमा उपाध्यक्ष थिइन्।काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारीका अनुसार जंगमविरुद्ध काठमाडौँ महानगरको पत्र र पीडितको जाहेरी समेत परेपछि उनलाई पक्राउ गरिएको हो।

उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्