कांग्रेसभित्र एकता,सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गयो : कोइराला



धनगढी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्रको एकता,सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको बताएका छन्।

नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेको बताए। अबको कांग्रेस बलियो र गतिशील बनाउनुपर्ने बताउंदै उनले भने,-‘पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार छु ।’

कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी पनि गरे।उनले थपे, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइदैन् । उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ।’कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए । file foto

प्रतिक्रिया दिनुहोस्