एका बिहानै गयो ५.२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प
काठमाडौं । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार एका बिहानै ५.२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।

बिहान ४:१४ बजे बाजुराको जगननाथ नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कर्णालीका विभिन्न जिल्लामा महसुस भएको छ ।
भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए ।

