नेपाल तरुण दलको कोशी प्रदेशस्तरीय भेला भोजपुरमा सुरु



भोजपुर।सत्तारुढ दल नेपाली कांग्रेसको भात्री संगठन नेपाल तरुण दलको दुई दिने कोशी प्रदेशस्तरीय भेला सुरु भएको छ।

भोजपुर सदरमुकाममा शनिबारबाट सुरु भेलाको कार्यक्रमका प्रमुख अतिथि तरुण दलका अध्यक्ष बिद्वान गुरुङले उद्घाटन गरेका हुन्। भेलामा कोशी प्रदेशभित्रका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरुको सहभागिता रहेको भेलामा सहभागी केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

उद्घाटन सत्रमा प्रमुख अतिथि लगायत अन्य बक्ताहरुले आ-आफ्नो मन्तव्य राखेपछि अहिले बन्दसत्र चलिरहेको छ ।बन्द सत्रमा सहभागीहरुले व्यक्त गरेका धारणा र सुझावहरुलाई समेटेर भेलाले संगठन सुदृढीकरण सम्बन्धि कार्ययोजना निर्माण गर्ने केन्द्रीय सदस्य थापाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्