कांग्रेस र एमाले गठबन्धनलाई पराजित गर्दै रुकुम पूर्वको पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादी केन्द्र बिजयी

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की नरपुरा बुढा निर्वाचित भएकी छन् । उनले तीन हजार ६२७ मत प्राप्त गरेकी हुन् ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले) का गठबन्धनका साझा उमेदवार केशकुमारी तुलाचनलाई पराजित गरेकी हुन् ।
एमालेकी जिल्ला कमिटी उपसचिव तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी थिइन् । उनले दुई हजार १२८ मत प्राप्त गरिन् ।

