सोताङमा शिक्षकहरुका लागि तीन दिने पेशागत तालिम सुरु



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोताङ गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा तीन दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ ।

रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षतामा आइतबार सम्पन्न उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष खिलाराज बस्नेत थिए।

कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालय सोताङका प्रमुख नरेन्द्र कुमार श्रेष्ठ, प्रहरी निरीक्षक एकनाथ भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई, वडा अध्यक्ष मानवीर राई लगायतको उपस्थिति रहेको उद्घाटन सत्रमा पालिका प्रमुख बस्नेत, रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।

पालिका भित्रका करिब ५० जना शिक्षकको उपस्थिति रहेको तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह , अर्पण रेग्मी , बासु वाग्ले र राजीव ढुंगाना ले सहजीकरण गरिरहेको बताइएको छ ।

सोही कार्यक्रममा रीड नेपालबाट छात्रवृत्ति पाउने विद्यार्थीलाई झोला, २ दर्जन कापी ,पेन पेन्सिल, लगाएत अन्य सरसफाइका सामग्री समेत वितरण गरिएको थियो। रीड नेपालले सोताङमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्