नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा मनोनीत श्रेष्ठलाई जिल्ला शाखाको बधाई



सोलुखुम्बु।रेडक्रसमा आवद्ध भएर लामो समयदेखि समाजसेवामा सक्रिय रेडक्रसकर्मी रामकाजी श्रेष्ठलाई केन्द्रीय सदस्य मनोनीत हुनुभएकोमा जिल्ला शाखा सोलुखुम्बुले बधाई ज्ञापन गरेको छ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिको ३२६ औं बैठकबाट केन्द्रीय सदस्यमा मनोनीत श्रेष्ठलाई जिल्ला शाखाको शनिबार बसेको बैठकले बधाई ज्ञापन गरेको हो। श्रेष्ठले २ कार्यकाल जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको उपसभापति हुँदै लगातार ४ कार्यकाल सभापतिको नेतृत्व कुशलतापूर्बक निर्बाह गर्दै आउनुभएको छ।

श्रेष्ठको कार्यकालमा जिल्ला शाखाको पुरानो र आयआर्जनका २ गरी ३ वटा भवनसंगै नेचासल्यान गाउँपालिकाको नेचाबेतघारी तथा सल्यान,थुलुङ दुधकोशी गाउँपालिकाको नेले तथा कांगेल र माप्यदुधकोशीमा उपशाखा कार्यालय भवन निर्माण गरिनुका साथै बिपत पूर्ब तयारी र समुदायमा आधारित विभिन्न कार्यक्रम सञ्चालन भएको जिल्ला रेडक्रस सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्