श्री कालीपाेखरी सामुदायिक वन उपभोक्ता समूह नेचासल्यानमा नयाँ समिति
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। नेचासल्यान-३ स्थित श्री कालीपाेखरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा ध्रुब ध्रुवबहादुर भण्डारी चयन भएका छन् ।

शनिबार सम्पन्न उपभोक्ता समूहको साधारण सभाले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको निर्बाचन मण्डलका संयोजक प्रेमकुमार कटेलले जानकारी दिए।
कार्यसमितिको उपाध्यक्षमा ख्यामराज भट्टराई, सचिवमा रञ्जना भण्डारी,सहसचिवमा नेत्रबहादुर भण्डारी र काेषाध्यक्षमा सिर्जना भण्डारी चयन भएका छन्।यसैगरी,कार्यसमितिमा हाेमप्रसाद ढुंगेल,भुपबहादुर भण्डारी,मित्रबहादुर नेपाली,पवित्रा नेपाली देवु भट्टराई र कुलबहादुर राई सदस्य रहेको बताईएको छ।
नयाँ कार्यसमिति चयनका लागि कटेलकाे संयाेजकत्वमा सुवास भण्डारी र शान्तिराम घिमिरे रहेको ३ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो।

