बालेन एमाले विरोधी गतिविधिमा सक्रिय रहेको महासचिव पोखरेलको आरोप



काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह एमालेविरोधी गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रवार दरबारमार्गमा आयोजित नेकपा (एमाले )को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख रुपैयाँ जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर साहमाथि सो आरोप लगाएका हुन् ।

शुक्रवार दरबारमार्गमा आयोजना गरेको जागरण सभामा फोहोर गरेर त्यसलाई सफा नगरेको भन्दै १ लाख जरिवाना तोकेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्- ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो । कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्