प्रसाईं समर्थकले गरे कोटेश्वरमा प्रदर्शन



काठमाडौँ । काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाई समर्थकको विरोध प्रदर्शन भएको छ । अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

प्रसाई साइबर अपराधमा प्रहरीको हिरासतमा रहेका कारणले पनि यो आन्दोलन भने सशक्त हुन सकेन । गत वर्ष आजकै दिन भने दुर्गा प्रसाई समूहले सडकबाटै गणतन्त्र फाल्ने भन्दै आन्दोलन चर्काएका थिए । सोही दिन एमालेले तीनकुनेमा सभा गर्दा दुर्गा प्रसाई समूहले बल्खुमा प्रदर्शन र सभा गरेको थियो ।

तर यसपालि भने प्रसाई प्रहरीको हिरासतमा रहेका कारणले पनि सशक्त प्रदर्शन भएन । यद्यपि सामान्य तरिकाले भएको प्रदर्शनमा स्वतस्फूर्त भेला हुनेहरु भने धेरै थिए ।

अभियन्ता रमा सिंहले आफूहरु मिलेर पहिले नै तय भएको प्रदर्शनको मितिलाई सम्बोधन गरेको बताएकी छिन् । उनले प्रसाई नियन्त्रणमा परेपछि भने यसअघिको जस्तो प्रदर्शन नहुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्