सिंहकाली आविका शिक्षक तथा विद्यार्थीहरुलाई ज्याकेट बितरण



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका-११ तिङ्लास्थित सिंहकाली आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई ज्याकेट बितरण गरिएको छ।

सोही नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा अध्यक्ष रहेको हिमालयन केयर फाउण्डेशनले बिहीवार सो विद्यालयका झण्डै डेढ सय विद्यार्थी र १२ जना शिक्षकहरुलाई ज्याकेट वितरण गरेको विद्यालयले जनाएको छ।

विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मौजन थुलुङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष शेर्पाले यसअघि विद्यालयमा खानेपानीको धारा निमार्ण गरेको स्मरण गर्दैन फाउन्डेसनले आगामी दिनमा सोही विद्यालयमा खेल मैदान निमार्णका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सिहंकाली आधारभूत विद्यालयमा फाउण्डेशनले वार्षिक ३ लाखका दरले ६ वर्षका लागि सम्झौता समेत गरेको जानकारी दिंदै अध्यक्ष शेर्पाले सम्झौतामा गरिएको रकम आगामी दिनमा बढ्दै जाने पनि बताउनुभयो।

नगरपालिकाको वडा नं ११ तिङ्लाका वडाध्यक्ष टंक बहादुर कार्कीले हिमालयन केयर फाउण्डेशनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै सरकारको मात्रै शिक्षा क्षेत्रमा लगानी नभइ सबैको साथ र सहयोग मिलेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्