नेचासल्यान गाउँपालिकामा संचालित ३ दिने बिषयगत शिक्षक तालिम सम्पन्न

खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकामा संचालित ३ दिने तालिम सम्पन्न भएको छ ।

रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित शिक्षकको पेशागत विकास तालिम हिमाल दर्शन माध्यमिक विद्यालय नेचामा आज सम्पन्न भएको हो।पालिका भित्रका सबै विद्यालयका ६५ जना शिक्षकको सहभागिता रहेको थियो।
तालिममा अंग्रेजी गणित विज्ञान, सामाजिक विषयलाई समावेश गरिएर प्रशिक्षण गरिएको रीड नेपालले जनाएको छ । तालिम समापन रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका उपप्रमुख बिना राईको प्रमुख आतिथ्यतामा गरिएको थियो तालिम समापन कार्यक्रमा सहभागी शिक्षकहरु तुलसा आचार्य,कमला दाहाल होम कटेल लगायतले मन्तव्य राख्दै तालिम अवधि छोटो भएता पनि महत्वपूर्ण कुराहरु सिकेको भन्दै सिकेका सीपलाई विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यस्तै शिक्षा शाखा प्रमुख माधवमणि ढुंगानाले सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्दै आयोजक रीड नेपाललाई तालिम संचालनका लागि धन्यवाद व्यक्त गर्नुभयो । पालिका उपप्रमुख बिना राईले शिक्षामा रीड नेपालको भूमिका अतुलनीय रहेको भन्दै तालिम प्रभावकारी रहेको भन्दै शैक्षिक सुधारका लागि रीडसंग सहकार्य गरेर अगाडी बढिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो साथै शिक्षकहरुलाई सिकेका कुरा व्यवहारमा लागुगर्न आग्रह गर्नु भयो।
रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले तालिमले मार्ग निर्देशन गर्ने भएकोले तालिमबाट पुरा नभएका अपेक्षाहरुलाई शिक्षक आफैंले पनि खोज अनुसन्धान गरेर सिक्न सकिने बताउदै आइ सी टी को प्रयोगमा जोड दिएर शिक्षण गर्न आग्रह गर्नु भयो रीड नेपालको केन्द्र विन्दुको रुपमा बालबालिका रहेकाले शिक्षक तालिम मार्फत बालबालिकाको सिकाइ उपलब्धी बढाउन तालिम आयोजना गरिएको बताउदै तालिम बाट सिकेका कुरालाई स्टाफ बीच छलफल गरी प्रभावकारी ढंगले कार्यान्वयनमा जोड दिन सुझाव दिनु भयो तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह,अर्पण रेग्मी,राजीव ढुंगाना, वासु वाग्ले सुजाता राईले गर्नुभएको थियो।

