भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् ।

बिहीबार शीतल निवासमा आयोजित एक कार्यक्रमबीच महारथीको दर्जा प्रदान गरिएको हो । नेपाली सेना र भारती सेना बीच एक मुलुकका सेनाप्रमुख अर्को मुलुकका सेनाको मानार्थ महारथी बन्ने चलन रहेको छ । त्यहि चलनअनुसार द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् ।
पाँच दिने भ्रमणका लागि द्विवेदी बुधबार दिउँसो काठमाडौं आइपुगेका थिए ।

