गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको निधन
काठमाडौं।गण्डकीकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ ।

डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । उनलाई डेंगी भएको थियो । काठमाडौँमै रहेको उनलाई राति असहज भएपछि अस्पताल लगिएको र हृदयाघात भएको चिकित्सकलाई उदधृत गर्दै आफन्तले जनाएका छन् ।
तिहारअघि उनी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको त्रिवेणी कोरला सडकको उपल्लो खण्डको अवलोकनका लागि कोरला गएकी थिइन् ।
त्यसअघि दशैंताका दामोदर कुण्ड गएका बेला लेक लागेर अलपत्र परेकी उनलाई नेपाली सेनाले उद्दार गरेको थियो ।
उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै ल्याएर अन्त्येष्टि गरिने पारिवारिक सोतले जनाएको छ ।
गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् ।उनी कांग्रेस समानुपातिक सांसद हुन्।

