निरौला र पाण्डेय सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त



काठमाडौं।नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्।

राष्ट्रपति रमचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा
आइतबार निरौला र पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै निरौला र पाण्डेलाई नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।

उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदनसमेत भएको थियो।

निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश र पाण्डेय उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए।

प्रतिक्रिया दिनुहोस्