एमाले सचिवालय बैठक आज बस्दै



काठमाडौं । स्थानीय तह उपनिर्वाचनबारे निर्णय गर्न नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका तयारी तथा उम्मेदवारको टुंगो लगाउन बिषयमा छलफल हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको उनले बताए।

एमालले नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिसमा जिल्लाले नै टुंग्याउने छ। महानगरपालिका र उपमहानगरपालिकाका वडा तथा नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी सम्बन्धित कमिटी र जिल्लाको सिफारिसमा प्रदेश कमिटीले टुंग्याउने गौतमले बताए।

बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्रबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्