स्वर्ण जयन्तीका लागि कम्तीमा एक हजार रुपैयाँ साझेदारी गर्न पूर्ब विद्यार्थीहरुलाई हिमाल दर्शनको आग्रह
काठमाडौं। सोलुखुम्बुको नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयले राजधानीमा शुभकामना आदानप्रदान तथा स्वर्ण जयन्ती छलफल कार्यक्रमको आयोजना गरेको छ।

स्थापनाको ५० बर्ष पुगेको अवसरमा आगामी माघमा स्वर्ण जयन्ती मनाउने तयारी गरिरहेको सो विद्यालयले राजधानी काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा शनिबार कार्यक्रमको आयोजना गरी ‘पचास बर्ष -पचास संकल्प’ सार्बजनिक गर्नुका साथै सहभागीहरुसंग अन्तरक्रियासमेत आयोजना गरिएको थियो।
पूर्ब विद्यार्थी समाजको समन्वय तथा विद्यालय ब्यबस्थापन समितिको आयोजनामा सम्पन्न सो कार्यक्रम विद्यालयका संस्थापक पदम बहादुर राईका सुपुत्र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यसमेत रहनुभएका शिक्षाप्रेमी भूपाल किराँतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
स्वर्ण जयन्ती लक्षित’पचास बर्ष -पचास संकल्प’ मध्ये ४० वटा विद्यालय व्यवस्थापन समिति र १० वटा पूर्ब विद्यार्थी समाजका तर्फबाट कार्यान्वयन गरिने जानकारी कार्यक्रममा गराईएको हिमाल दर्शन माबिका निमित्त प्रधानाध्यापक लालप्रसाद बास्तोलाले जानकारी दिए।
संकल्प सार्बजनिक गर्दै विद्यालय ब्यबस्थापन समिति अध्यक्ष एबम् स्वर्ण जयन्ती आयोजक मूल समारोह समितिका संयोजक ओम प्रसाद बास्तोलाले कतिपय संकल्प कार्यान्वयन गरिसकिएको र बाँकी संकल्पहरु क्रमशः कार्यान्वयन गर्दै लगिने बताए।उनले हिमाल दर्शन माध्यमिक विद्यालयबाट हालसम्म झण्डै ४५ सय जनाले एसएलसी उत्तीर्ण गरेको जानकारी गराउंदै स्वर्ण जयन्तीका लागि न्यूनतम एक हजार रुपैयाँको साझेदारी गर्न पूर्ब विद्यार्थीहरुलाई आग्रह गरेका थिए।
विद्यालय ब्यबस्थापन समितिका ४० संकल्प:

शिक्षक प्रकाश राईद्वारा सञ्चालित कार्यक्रममा विद्यालयका पूर्ब प्रधानाध्यापक हुतराज बस्नेत,नेपाली कांग्रेसका नेताद्वय प्रकाशसिंह कार्की,कर्मा शेर्पा,एमाले नेता महेश किराँती,हिमाल दर्शन पूर्ब विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोला लगायतले शुभकामना व्यक्त गर्दै आ-आफ्नो धारणा व्यक्त राखेका थिए । स्वर्ण महोत्सव सफलताका लागि आफुहरुले सहयोग गर्ने प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरेका छन्।
पूर्व विद्यार्थी समाजका १० संकल्प
१. भित्तेपात्र है प्रकाशन (सम्पन्न)
२ )कक्षाकोठा एक धारा स्थापना (सम्पन्न)
३)विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण
४) शैक्षिक बहस
५) विद्यालयबाट सेवा निवृत्त शिक्षक-कर्मचारी सम्मान
६) ‘मेरो जन्मदिन, मेरो पुस्तकालय अभियान’को निरन्तरता
७)एक स्वर्ण लोगो अङ्कित एक वक्षाकोठा एक भित्ते घड़ी
८) ‘मैले चाहेको सामुदायिक विद्यालय’ शीर्षकमा खुल्ला निबन्ध प्रतियोगिता
९) खुल्ला एकल गायन प्रतियोगिता
१०) विद्यार्थी लक्षित उद्घोषण तथा भाषणकला तालिम

