भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो
एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ३२ पुगेको छ। त्यस्तै सोमबारसम्म चार हजार चार सय ६० जना संक्रमित भइसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सोमबार महाराष्ट्रमा ३३, गुजरातमा १६, आन्धप्रदेशमा १४, राजस्थानमा ८, झारखण्डमा एक जना नयाँ संक्रमित थपिएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६ सय ५ नयाँ संक्रमित भेटिएका थिए । भारतमा सोमबारसम्म बिहान ९ बजेसम्म दुई सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ।