राप्रपामा बिभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर र मनोनयन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा बिभागिय प्रमुखहरुको जिम्मेवारी हेरफेर र मनोनयन गरिएको छ ।

पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले विभागका प्रमुहरुको जिम्मेवारी हेरफेर र मनोनयन गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

जसअनुसार, संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ,स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान,राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का,विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा,सुचना प्रविधि विभाग(आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहेको श्रेष्ठद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्