विराटनगरमा आज रातीदेखि फेरि लकडाउन



मोरङ । कोरोनाभाइरस (कोभिड १९)को संक्रमण बढ्न थालेपछि मोरङको विराटनगर महानगरपालिकाले लकडाउन लगाउने निर्णय गरेको छ । शुक्रबार बसेको महानगरस्तरीय कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले कोरोनाको ज्योखिम न्यूनिकरणका लागि आजै मध्यारातिबाट लागू हुने गरी लकडाउन लगाउने निर्णय गरेको हो ।

सो बैठकले कोरोनाको जोखिम बढेपछि विराटनगर महानगरभर साउन १६ गते मध्यरातिदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय भएको हो । लकडाउनको अवधिभर व्यापार व्यवसायसहित सम्पूर्ण बजार ठप्प रहने मेयर भीम पराजुलीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्