‘हामी धराने काठमाडौं’ द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना



काठमाडौं।काठमाडौंमा बसोबास गरिरहेका धरानेहरुको संस्था ‘हामी धराने काठमाडौं’ले बडा दशैं,तिहार तथा छठ पर्व- २०८१ का अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।

राजधानी काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा शनिबार आयोजित कार्यक्रममा धरानबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

जन्मभुमि धरान छोडेर विभिन्न सिलसिलामा काठमाडौ  बस्दै आएका धरानेहरुबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै चाड पर्वको अवसरमा एक आपसीमा सद्भाव कायम राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बिशेष अतिथि प्रतिनिधि सभा सदस्य प्रेम सुवाल, वरिष्ठ अधिवक्ता हरिहर दाहाल,धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ ,प्रा.डा.कृष्णप्रसाद दाहाल,भुपू एआइजी सन्दिप भण्डारी लगायत उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा धरान सरोकार समाजका संस्थापक एवम समाजसेवी स्वर्गीय प्रभु प्रसाद श्रेष्ठलाई मरोणप्रान्त सम्मान गरिएको थियो।

हामी धराने काठमाडौंका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता,शशी शर्मा पौडेलको संयोजन तथा सचिव बिनोद श्रेष्ठले सन्चालन गर्नुभएको सो कार्यक्रममा धरान बजारमा राजमार्गको नाममा रोक्का गरिएका घर तथा जग्गाका कारण सृजना भएको समस्या समाधानका लागि सबैले आ-आफ्ना स्थानबाट आवाज उठाउन अपिल समेत गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस्