जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
कैलाली।धनगढी उपमहानगरपालिका-७ भानु चोक बस्ने बिष्णु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय राम सिंह चौधरी समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ७ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली,गोदावरी नगरपालिका-१ बिजयनगर बस्ने केशव सिंह गुर ङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ६६ वर्षीय केशर सिंह गुरङ समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ३ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

