विपद् प्रतिकार्यका लागि देशभर सशस्त्र प्रहरीबाट १० हजार ५ सय बढी सुरक्षा फौज परिचालित
काठमाडौं।अविरल बर्षाका कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालबाट १० हजार ५ सय ४० जना जनशक्ति परिचालित भई बाढी पहिरो र डुवानमा परेका २ हजार ८ सय ६० जनाको सकुशल उद्धार गरेको छ।हालसम्म घटनामा परी ७६ जनाको मृत्यु,७२ जना वेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ।

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा २३ वटा बोट र गोताखोरसहित ९० स्थानमा करीब ४ हजार जनशक्ति परिचालित भई १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएको छभने ३४ जनाको मृत्यु,२१ जना वेपत्ता,१५ जना घाइते र २ स्थानहरुमा भौतिक क्षति भएको सशस्त्र मुख्यालयले जनाएको छ ।
यसैगरी कोशी प्रदेशको पाँचथर,ओखलढुङ्गा,धनकुटा,झापा,मोरङ, सोलुखुम्बु र सुनसरीमा गरी ८ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ भने १ सय ५२ स्थानमा भौतिक क्षति,१० जनाको मृत्यु,९ जना वेपत्ता र २ जना घाइते भएका छन् ।
मधेश प्रदेशको रौतहट र महोत्तरी जिल्लामा ५५ जनाको सकुशल उद्धार गरिएको छ भने १० स्थानहरुमा भौतिक क्षति र १ जना वेपत्ता भएका छन् ।
यसैगरी बागमती (उपत्यका बाहेक) काभे्र, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ र चितवन जिल्लामा गरी ४ सय ९४ जनाको सकुशल उद्धार गरिएको छ भने ३१ स्थानमा भौतिक क्षति,२९ जनाको मृत्यु,१९ जना घाइते र ३९ जना वेपत्ता भएका छन् ।
यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएका छन्।

