सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङ विरुद्ध सीआईबीमा उजुरी, १५ करोड ठगी गरेको आरोप




काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानुनमन्त्री धनराज गुरुङविरुद्ध पनि सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी परेको छ ।

गुरुङ र उनकी पूर्व पत्नि ज्योति गुरुङले झण्डै १५ करोड रुपैयाँ ऋण लिएर नतिरेको भन्दै ललितपुरको मितेरी बचत तथा ऋृण सहकारी संस्थाका वर्तमान अध्यक्ष कुम्भराज गुरुङले
सीआइबीमा उजुरी गरेका हुन्।

मितेरी बचत तथा ऋृण सहकारी संस्थाको तत्कालिन सञ्चालकसमेत रहेकी ज्योति गुरुङ हाल फरार छिन् । चार वर्षअघि सम्बन्ध विच्छेद भएसँगै ज्योति विदेशमा बसेको बताइएको छ ।

उजुरीमा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले योजनाबद्ध सम्बन्ध विच्छेद गरी ज्योतिलाई फरार गराएको आरोप लगाएका छन् भने उपसभापति गुरुङले भने आफूविरुद्ध उजुरी दिने कुम्भराजकै कारण सम्बन्ध विच्छेद भएको पनि बताएका छन् ।उनले आफूलाई फसाउन कुम्भराज र ज्योति मिलेको पनि आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्