तरुण नेता थापाले एक लाख एक हजारको अक्षयकोष स्थापना गर्ने



सोलुखुम्बु।नेपाल तरुण दलका केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि नवीन थापाले एक लाख १ हजार रुपैयाँको १ रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्।

आफ्नो जन्म दिनको अवसरमा थापाले शनिबार जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं-२ कांगेल बाहुनडीस्थित कांगेल आधारभूत विद्यालयमा सो अक्षयकोष स्थापना गर्ने उनले बताए।

अक्षय कोषबाट बार्षिक रूपमा प्राप्त हुने ब्याजबाट विद्यालयमा सबैभन्दा बढी अंक ल्याउने तीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए।

जन्मदिनका अवसरमा फजुल खर्च गर्ने बिकृत परिपाटी समाजमा फैंलदै गएका कारण यसको अन्त्य रचनात्मक काम गरेर गर्नुपर्छ भन्ने मान्यताका साथ आफुले यो कोषको स्थापना गर्ने निर्णय गरेको उनले बताए।(सम्पादित)

प्रतिक्रिया दिनुहोस्