‘भिजायो फरिया’ले दिलायो चाँदनीलाई सम्मान
काठमाडौं,१७ कात्तिक । छायाँछवि क्रिएसनको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करण गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाप्रलयकारी बाढीका कारण स्थगित गरिएको भएपनि उक्त समयमा बितरण गर्नुपर्ने सम्मान तथा अवार्ड आईतबार जमल स्थित नाचघरमा बिजया दशमी, दिपावलीको शुभकामना आदान प्रदान एवं छायाँछवि तीज म्युजिक अवार्ड २०८३ ट्रफी हस्तान्तरण समारोहकोे आयोजना गरि बितरण गरिएको छ ।

छायाँछवि क्रियशन प्रालिका अध्यक्ष शान्तिप्रियको अध्यक्षता, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, किर्तीमानी संगीतकार सन्तोष श्रेष्ठ, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, बरिष्ठ कलाकार मोहन निरौला आदिको बिशेष आतिथ्यतामा सम्पन्न ट्रफी हस्तान्तरण कार्यक्रममा गायिका सहिमा श्रेष्ठ, गायिका, मोडल सरिता भारती, संगीतकार शंकर थापा ‘स्माइल’, दिपक शर्मा, ब्यूटीसियन तथा मोडल चाँदनी श्रेष्ठ लगायतका व्यक्तित्वहरु बिद्यागत सम्मानबाट सम्मानित हुनुभएको थियो ।
चाँदनी श्रेष्ठ तीज गीत ‘भिजायो फरिया बर्खैले’ बाट सम्मानित हुनु भएकी हुन् भने उहाँ ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ८ की बिजेता पनि हुन् ।


