काठमाडौं आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला
काठमाडौं,१७ कार्तिक । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन् ।

यसअघि नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यरत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएपछि भारतले उनको स्थानमा दलेलालाई प्रस्ताव गरेको थियो । नेपाल सरकारले उनको नाममा एग्रिमो दिएपछि भारतले औपचारिक रूपमा नियुक्त गरी उनलाई नेपाल पठाएको हो ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले इजरायलबाट आफ्नो कूटनीतिक करियर सुरु गरेका थिए । उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन् ।
दलेलाले भुटानका लागि भारतीय राजदूतका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । उनी सन् २०२५ सेप्टेम्बरदेखि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए ।


