गजल
लवदेब धामी(लभ)

नदी आफु सितै उस्को पानी मसँग माग्छ,
वेचेर आफ्नो सारा जवानी मसँग माग्छ।

जब बैशा उमेर थियो तब हेर्दै हेरेन अरु,
सकिए आफ्न्त उस्का सुनपानी मसँग माग्छ।
तरिका बदेल्न मैले केही समय के लगाए,
बडो बुद्धिमानी मान्छे सावधानी मसँग माग्छ।
धनि आफु छदै थियो केही अझै कमायो,
आज जोगी बनेर उल्टै खरानी मसँग माग्छ।
बाढी आएर अब मलाई बगउला भन्ने डर,
बस्ती बगायो उस्को आज सिरानी मसँग माग्छ।
बैतडी

