चट्याङ लागेर दुई जनाको मृत्यु



काठमाडौं।रूपन्देही र अछाम जिल्लामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका-१ गैडहवा बस्ने ५३ वर्षीया ज्ञानमती थारूको बाख्रा चराउन गएको बेला मंगलबार र अछाम अछाम, रामारोशन गाउँपालिका-७ का ६ बर्षीय गौरव भण्डारीको सोमबार घरमै बसिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्