भारततर्फ लैजाँदै गरेको करिब ५६ किलो गाँजा बरामद
सप्तरी।बालन बिहुल गाउँपालिका-३ बलान खोलाबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलो सोमबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बेलहीबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले बोरा छाडी फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।(सांकेतिक तस्बिर)

