पार्टी बिभाजनपछिको अवस्थाबारे छ्लफल गर्दै जसपा नेपाल



काठमाडौं ।पार्टी बिभाजन पछिको अवस्थाबारे जनता समाजवादी पार्टी जसपा नेपालले आज छलफल गर्ने भएको छ।पार्टी अध्यक्ष उपेन्द्र यादवले अमेरिकाबाट फर्किए लगत्तै पार्टी नेता र आफुसंग रहेका सांसदहरुलाई बोलाएर पार्टी विभाजनपछिको अवस्था र भावी रणनीतिबारे छलफल गर्न लागेका हुन्।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अमेरिका भ्रमणमै रहेका बेला ७ जना सांसद र ३० केन्द्रीय सदस्यको समर्थनसहित अशोक राईको नेतृत्वमा जसपा नेपाल बिभाजन भएको थियो।१२ सांसद रहेको सो पार्टीमा अहिले उनीसहित ५ सांसद मात्रै छन् । पार्टी प्रवक्ता मनिष सुमनले बैठकमा र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने उनले बताए ।

यादवले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेकाले महाधिवेशन नरोकिने बताएका छन् । समाजवादीले जेठ २८ गते जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्