नेपाल सरकारको निर्णयमा भारत सरकारको असन्तुष्टि
काठमाडौं।नेपाल सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको असन्तुष्टि बाहिर आएको छ।

भारतीय मिडियाहरूका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
इन्डियन एक्सप्रेसले जयशंकरलाई उदृत गर्दै लेखेको छ- ‘मैले त्यो रिपोर्ट देखेँ । यसलाई मैले विस्तृत रूपमा हेरिनँ । मलाई लाग्छ हाम्रो अडान धेरै प्रस्ट छ । नेपालसँग हाम्रो सीमाबारेमा हामी स्थापित मान्यताअनुसार कुरा गरिरहेका छौँ । यसको बीचमा उनीहरूले एकतर्फी रूपमा केही प्रक्रिया अघि बढाएका छन् । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।”
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सय रुपैयाँको नोटमा चुच्चे नक्साको तस्बिर राख्ने निर्णय गरेको थियो ।

