३ बर्षीया बालिकाको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ



जनकपुरधाम । आफ्नै छिमेकी ३ बर्षीया बालिकाको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन।

पक्राउ पर्नेमा सिरहा नगरपालिका-१८ जरूवा लक्ष्मिनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र पूजाकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनीहरू आमाछोरी हुन्।

गत बुधबार बिहान १० बजेको समयमा स्थानीय रमेश यादवको छोरी वर्ष ३ वर्षीया रियाकुमारी यादव आफ्नै घरबाट बेपत्ता भएकी थिइन्।प्रहरीमा जानकारी गराएपछि रियालाई खोजतलास गर्ने क्रममा शुक्रबार राति करिब साढे ११ बजे मृत फेला परेकी थिइन्।

विशेष सूचनाको आधारमा रमेशको घरभन्दा उत्तर पट्टीसँगै रहेका छिमेकी सोना देवीको घरको छतमाथि जाने भर्याङ्गको चौतरामा रहेको मुसुरको झङ्टाभित्र सेतो कालो रंगको प्लाष्टिकको बोराभित्र शवलाई लुकाईछिपाई राखेको अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्