नेपाल र कतारबीच ६ बिषयमा समझदारी,दुईवटा सम्झौता
काठमाडौं।नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुबै मुलुकबीच आज भएको द्विपक्षीय बैठकमा विभिन्न छ वटा विषयमा समझदारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई देशबीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कुटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासङ्घबीच पनि दुई वटा सम्झौता भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन्।
हस्ताक्षर कार्यक्रम पछि अब प्रधानमन्त्री दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ। त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।

