कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय वार्ता हुने



काठमाडाैं।नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका शेख (राजा) तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । मंगलबार अपराह्न काठमाडौं ओर्लेका अल थानीले आज बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । दुवै देशबीच श्रम, पर्यटन, खेलकुद र सञ्चारसहित विभिन्न मन्त्रालयसँग सम्झौता र एमओयू गर्ने तयारी छ ।

यसअघि अमिरले हिजै राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए । उनी भोजमा पनि सरिक भएका थिए ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।कतारका अमिरको नेपाल भ्रमण मध्यपूर्वबाट भएको हालसम्मकै उच्च हो । कतारबाट अहिलेसम्म नेपालमा राष्ट्रप्रमुखको भ्रमण हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्