पूर्बविद्यार्थीहरुको जमघट राजधानीमा गराउंँदै नेचासल्यानको हिमाल दर्शन माबि



काठमाडौं।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं-३ स्थित हिमाल दर्शन माध्यमिक विद्यालयका पूर्ब विद्यार्थीहरुको राजधानीमा जमघट हुने भएको छ।

विभिन्न शैक्षिकसत्रमा अध्ययन गरेर उपत्यकामा अस्थायी तथा स्थायी रूपमा बसोबासरत सो विद्यालयका पूर्ब विद्यार्थीहरुको जमघट काठमाडौंको सुकेधारामा हुन लागेको हो।विद्यालय र पूर्ब विद्यार्थी समाजको आयोजनामा आगामी शनिबार युनिभर्सल क्याफेमा हुन लागेको सो भेलामा विद्यालयको गुणस्तर सुधारमा विद्यालय खेल्नुपर्ने भूमिका,विद्यालयको स्वर्ण महोत्सवबारे पूर्ब विद्यार्थी तथा सरोकारवालासंग अन्तरक्रियाका साथै पूर्ब विद्यार्थी समाजको नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची रहेको अधिबेशन आयोजक समितिका संयोजक दिनराज बास्तोलाले जानकारी दिए।

उनका अनुसार विद्यालयको समग्र क्षेत्रको उन्नयनका लागि सक्दो प्रयास गर्ने उद्देश्यले पूर्ब विद्यार्थी समाजलाई क्रियाशील बनाउन लागिएको हो।त्यसका लागि सो विद्यालयका पूर्ब विद्यार्थीहरुलाई धमाधम आजीवन सदस्यता बितरणको काम भइ रहेको बास्तोलाले बताए।

हिमाल दर्शन माबिले यसै बर्ष स्वर्ण महोत्सव मनाउंदैछ।आगामी माघमा सप्ताहब्यापी रूपमा मनाइने महोत्सवका लागि हालै ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।विद्यालयको स्वर्ण महोत्सवलाई उल्लासमय र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा पनि सो भेलामा छलफल हुने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बास्तोलाले बताए।भेलामा उपस्थित भएर आफ्ना अमूल्य सुझाव दिन पनि उनले उपत्यकामा रहेका पूर्ब विद्यार्थीहरुलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्