सहकारी ठगीको विश्वसनीय छानबिनको पक्षमा थप दृढताका साथ उभिने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगिको विश्वसनीय छानबिनको पक्षमा थप दृढताका साथ उभिने निर्णय गरेको छ।

आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसद बैठक अन्त्य गरेकोमा निन्दा गर्दै सो निर्णय गरेको हो।शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रपति समक्ष बैशाख २ गते संसदको चालु अधिबेशन अन्त्य गर्न सिफारिस गरेको थियो।

बैठकले सरकार तानाशाही भएकाले संसद् बैठक अवरुद्ध भएको स्पष्ट पार्दै बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेकाले छानबिन गर्न प्रतिपक्षले उठाएको ठहर समेत गरेको छ। तर माग सरकारले बेवास्ता गरेको उसको ठहर छ ।

कांग्रेसले संसद अवरुद्ध गरेको नभई सरकार नै गैह्रजिम्मेवार बन्दा अवरोध भएको उल्लेख गरको छ । हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।‘उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमाथि गम्भीर र सार्थक संवाद हुनुपर्ने हो । तर संसदीय मूल्य मान्यता विपरीत अगाडि बढेको छ’ उनले भने, ‘जनताका मागका विषयमा सरकार गम्भीर हुनुपर्छ। संसदबाट भाग्न मिल्दैन। संसदीय अभ्यासलाई कमजोर बनाउन मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्