इपिएस अन्तर्गत पहिलो चरणको भाषा परीक्षामा ६ हजारभन्दा बढी उत्तीर्ण



काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणको भाषा परीक्षामा ६ हजारभन्दा बढी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणको परीक्षामा ६ हजार ३ सय २१ जना उत्तीर्ण भएका हुन् ।

परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले गएराति गरेको जनाइएको छ ।

पहिलो चरणमा भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीको दोस्रो चरणको सिप परीक्षण भने आउँदो वैशाख ९ देखि १५ सम्म सञ्चालन गरिने छ । परीक्षामा ४० हजार ५८० जना सहभागी भएको इपिएस कोरिया शाखाले जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्