संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम हुंदैन : डा.शेखर



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीति स्थिरताका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको
बताएका छन्।

लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा नेता कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने बताउंदै उनले संविधान संशोधनमार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिँडाउन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

अहिलेको समस्याको जड निर्वाचन प्रणाली भएको उनको भनाई थियो।निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनले बताए।“कति सधैँ सरकार गठन र विघटनमा मात्रै लागिरहने ? जनताका काम कहिले गर्ने ? विकास कहिले गर्ने ?,” कोइरालाले प्रश्न गरे । file foto

प्रतिक्रिया दिनुहोस्