नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्बाचित
चौतारा।नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित बनेका छन् ।

आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएका निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए ।
श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरेका थिए ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो ।उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भएका छन् । उनका प्रत्यासी विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरेका थिए ।
सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी भए भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाए।उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाएका थिए ।
महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गरेकी थिइन् जनजाति र खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेको थिएन ।विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।

