रीड नेपालको आयोजनामा सोलुदुधकुण्डमा बाल अधिकार सम्बन्धी तीनदिने तालिम सम्पन्न



खगिन्द्रराज बास्तोला।रीड नेपालको आयोजना तथा सोलु दुधकुण्ड नगरपालिकाको समन्वयमा ३ दिने बाल अधिकार,संरक्षण,बाल सुरक्षा,लैङिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ।

सल्लेरीको जन जागृति माविमा सन्चालन भएको तालिमको समापन नगर उपप्रमुख गान्धीमाया तामाङले गर्नुभएको होहो।कार्यक्रममा बोल्दै उपप्रमुख तामाङले शिक्षकको क्षमता अभिवृद्धि सङ्गै बालबालिकालाई समेत प्रत्यक्ष रूपमा क्षमता विकासका लागि तालिम प्रदान गरेकोमा रीड नेपाललाई धन्यवाद दिइन।
आजका बालबालिका भविष्यका कर्णधार भएकाले अहिलेदेखि नै बाल-बालिकाको व्यक्तित्व विकासमा ध्यान दिनुपर्ने उनको भनाई थियो।सिकेका सिपलाई व्यवहारमा लागु गर्न आग्रह समेत गर्नु भयो !कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख रीता ढुंगानाको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर भित्रका १० वटा विद्यालयका ३० जना बाल क्लबका पदाधिकारीहरु र १० जना बाल संरक्षक तथा लैङिक अधिकारी शिक्षकहरुको उपस्थिति रहेको तालिम प्रशिक्षक सुजता राईले जानकारी दिइन।

तालिममा बाल अधिकार,बाल संरक्षण, बाल सुरक्षा बाल सहभागिता समावेशी शिक्षा लैङ्िगक मैत्री तथा बाल मैत्री विद्यालय ,बाल क्लबको वार्षिक कार्ययोजना निर्माण,बाल संरक्षण निती लगाएतका विषयवस्तु तालिममा समावेश गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

कार्यक्रममा सहभागीको तर्फबाट सिंहकाली मा विका छात्र गौरव ढकाल, बालेश्वर मा वि की छात्रा करुणा खड्का जनसुधार आ वि की शिक्षक पवित्रा तामाङले आफ्नो विचार प्रस्तुत गर्दै तालिम प्रभावकारी भएको भन्दै व्यबहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यहीँ प्रकृतिको तालिम हिजोबाट शिशाखोला आ वि मा समेत चलिरहेको छ उक्त तालिमा २५ विद्यार्थी र ८ शिक्षकले भाग लिइ रहेका छ्न यो भन्दा अगाडि अन्य पालिकामा २६१ जना विद्यार्थीलाई तालिम प्रदान गरिसकेको रीड नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्